तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा गोल्डकप : स्वयम्भु क्लब काठमाडौँ विजयी

पाल्पा । कर्णेल उजिरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा स्वयम्भु क्लब काठमाडौँ विजयी भएको छ । आज सम्पन्न खेलमा विष्णु पादुका पोखरालाई २–१ गोलले पराजित गर्दै स्वयम्भु क्लब काठमाडौँ विजयी भएको हो ।

खेलको पहिलो हाफको २८ र ४१ मिनेटमा स्वयम्भु क्लबका उत्तम शाहीले गोल गरेर स्वयम्भु क्लब काठमाडौँलाई अग्रता दिलाए । दोस्रो हाफको २१ औँ मिनेटमा विष्णु पादुका पोखराका दृश्य गुरुङले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

दोस्रो हाफमा काठमाडौँ विरुद्ध आक्रामक खेलेको पोखराले पोस्टमा पटक पटक प्रहार गरे पनि गोलमा परिणत नहुँदा विष्णु पादुका पोखरा पराजित हुन पुग्यो ।

खेलमा २ गोल गरेका स्वयम्भु क्लब काठमाडौँका उत्तम शाही म्यान अफ द म्याच भए । उनले नगद तीन हजार प्राप्त गरे ।

भोलिको खेल पाल्पा ११ र फोर्थ ब्रदर्श क्लब नवलपरासीबिच हुने जिल्ला फुटबल संघ पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button