तपाईँ सुन्दै हुनुहुन्छः

नहरमा डुबेर प्रधानाध्यापकको मृत्यु

कैलाली । नहरमा डुबेर कैलालीमा एक प्रधानाध्यापकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ५ चौरीस्थित जन जागृति माविका प्रधानाध्यापक ४० वर्षीय जब्बर बडुवालको नहरमा डुबेर मृत्यु भएको हो ।

बुधबार अपराह्न बल्चौरस्थित रानीजमरा कुलरीया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा बडुवालको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । ३/४ जना साथीहरूसहित नुहाउन गएका बडुवाल पौडी खेल्न नआएका कारण डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button