तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय धूम्रपानरहित दिवस : बीरगंजमा विद्यार्थी तथा किशोर किशोरीलाई प्रशिक्षण  

बीरगंज  । आज ३१ मे अन्तर्राष्ट्रिय धूम्रपान रहित दिवस बीरगंजमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

सो अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बीरगंजद्वारा विशेष गरी विद्यार्थी तथा किशोर किशोरीलाई धूम्रपान एवं सुर्तीजन्य पदार्थ सम्बन्धि सचेतनामूलक सचित्र प्रशिक्षण एवं विचार गोष्ठीको आयोजना गरिएको छ । 

राजयोगिनी ब्रह्माकुमारी रविना दिदीको अध्यक्षता सम्पन्न कार्यक्रममा मधेश प्रदेशसभा सदस्य तथा पूर्व मुख्यमन्त्री लाल बाबु राउतले उचित मार्गदर्शन देखा सिकी र सचेतनाको अभाव र गलत सङ्गतका कारण आजको ठूलो युवा जमात धूम्रपान लागूपदार्थ र कुलतको सिकार भएर जीवन नष्ट गरिरहेका बेला विश्वव्यापी ब्रह्माकुमारी संस्थाले विश्व भरी नै विभिन्न सचेतनामूलक कार्यक्रम र आध्यात्मिकताको माध्यमबाट समाजलाई कुलत दुर्व्यसन र विकृति विसङ्गतिबाट मुक्त गर्न चलाइरहेको अभियान अत्यन्तै सराहनीय रहेको बताउनुभयो । 

कार्यक्रममा भारतीय महावाणिज्यदूत नितेश कुमारले राजयोग ध्यान साधना र आध्यात्मिक ज्ञानको माध्यमबाट कुलतलाई हताउन सकिने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा ब्रह्माकुमार डा.सागरको ड्रग्स सम्बन्धि उत्प्रेरणामूलक प्रस्तुती रह्यो भने ब्रह्माकुमारी सबिता र तृप्तिले क्रमशः आध्यात्मिक र सचेतनामूलक चित्र प्रदर्शनी गर्नुभएको थियो । 

सशस्त्र प्रहरी गण पिलुवाका प्रहरी उपरीक्षक राजु श्रेष्ठ, राजयोग प्रशिक्षक ब्रह्माकुमार गुणराज, ग्यान्दा एकेडेमीका प्रमुख राजेन्द्र कोइरालालगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button