तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको एन.एम.बि बैङ्कमा हतियारधारी समूहद्वारा लुटपाट

बर्दिबास । महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एन.एम.बि बैङ्कमा हतियारधारी समूहले रकम लुटपाट गरेका छन् । 

आज दिउँसो ४ जनाको समूहमा आएका हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एन.एम.बि बैङ्कको शाखाबाट रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । हतियार सहित नकाबधारी समूह बैङ्क भित्र पसेका थिए । 

प्रत्यक्षदर्शीका अनुसार दुई वटा मोटरसाइकलकामा आएका हतियारधारी समूहले बैङ्कमा लुटपाट गरेका थिए । रकम लिएर फरार भएकाहरूको बैङ्कको सिसिटिभी फुटेजका आधारमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चेकिङ बढाइएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button