तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा दुई मोटरसाइकल ठोक्किँदा तीन घाइते 

File Photo

सल्यान । सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । 

मङ्गलवार बिहान सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बालुवासंग्रहीबाट सल्यान खलङ्गा आउँदै गरेको भे ८ प ३५६९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग ४ प १४८० नम्बरको मोटरसाइकल बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीमा ठोक्किएका हुन । 

एक आपसमा मोटरसाइकल ठोकिदा बनगाड कुपिण्डे नगरपालिका ११ बालुवासंग्रहीका ३७ वर्षीय धन बहादुर खड्का, बनगाड कुपिण्डे नगरपालिका ९ शेराका २७ वर्षीय पुस्कर बुढा र सोही ठाउँका ३१ वर्षीय भीम बहादुर ऐरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

घाइते तीनै जनाको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्थामा सामान्य रहेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button