शान्ति सेनामाथिकाे आक्रमण निन्दनीय : नेटो

काठमाडौं । उत्तर एटलान्टिक सन्धी सङ्गठन नेटोले कोसोभोमा भएको हिंस्रक प्रदर्शनको क्रममा आफ्ना २५ शान्ति सेना घाइते भएका जनाएको छ।
नेटोले उक्त आक्रमण निन्दनीय रहेको बताएको, अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
सर्बियन बाहुल्यता भएका क्षेत्रहरूमा एलबिनियन मूलका मेयर नियुक्त गरेपछि त्यहाँ दुई समूहबीच झडप भएको थियो ।
झडपलाई शान्त गर्न गएका नेटो शान्ति सेना माथि एलबिनियन मूलका प्रदर्शनकारीले आक्रमण गरेको थियो ।कुनै समयमा एलबिनियन मूलका बासिन्दाको बाहुल्यता रहेको कोसोभोलाई सर्बियाबाट स्वतन्त्र गर्न नेटोलेनै मद्दत गरेको थियो ।
नेटोमाथि एलबिनियन मूलका प्रदर्शनकारीले आक्रमण गर्नु अप्रत्याशित रहेको, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्