तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक

डोटी। असल अभ्यासको आदान–प्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र डोटीको पुन्नामा हालै सम्पन्न सो बैठकमा डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखका सहभागिता रहेको थियो । बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदान–प्रदान गर्नुका साथै सबै जिल्लाका साझा समस्या र सवालका बारेमा ब्यापक छलफल भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय डोटीद्वारा आयोजित सो बैठकमा राजमार्ग सञ्चालन, अन्तर जिल्लास्तरीय शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, अवैध हातहतियार तथा लागुऔषध नियन्त्रण, वन पैदावार तथा चोरी सिकारी नियन्त्रण, अन्तर जिल्लामा एकापसमा समन्वय, सहकार्य र सहजीकरणका बारेमा छलफल गरिएको समेत प्रजिअ उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button