तपाईँ सुन्दै हुनुहुन्छः

चेन्नईले जित्यो आइपिएलको उपाधि

काठमाडौँ । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको हो ।

बर्षका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो । जुन चेन्नईले १५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाउदै २१४ रन बनाएको थियो ।

बर्षाले प्रभावित फाइनल आइतबार हुनुपर्नेमा सोमबार राति सम्पन्न भएको थियो ।

योसँगै चेन्नईले पाँच पटक आइपिएलको उपाधि जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आइपिएलको उपाधि जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button