तपाईँ सुन्दै हुनुहुन्छः

कालिन्चोकबाट ‘डाउन हिल’ माउण्टेन बाइक रेस आयोजना

दोलखा । दोलखामा पहिलो पटक ‘डाउन हिल’ माउण्टेन बाइक रेस प्रतियोगिता आयोजना गरिएको छ । गणतन्त्र दिवसको अवसरमा दोलखाको भीमेश्वर नगरपालिकाको सहयोगमा यति ओरिजिन्सले प्रतियोगिताको आयोजना गरेको हो ।

स्वदेशी तथा विदेशी गरी १० समूहका ४० जना राइडर रहेको प्रतियोगितामा प्रथम हिमालयन सिङ्गल ट्रयाक, द्धितिय टिम कोमोसन र तृतीय टिम कमेन्सल भएको आयोजक यति ओरिजन्सका अध्यक्ष रुपेशमान श्रेष्ठले बताउनुभयो ।

सोमबार बिहान १०ः३० बजे कालिन्चोकको तीन हजार सात सय मिटरको उँचाइबाट सुरु भएको ‘डाउन हिल’ माउण्टेन बाइक रेस प्रतियोगिता १२ः३० बजे नागदह–तामाकोशीको आठ सय मिटरको उँचाइमा पुगेर सकिएको थियो ।

प्रतियोगिताको क्रममा चार ठाउँमा राइडर परिवर्तन गरी ३० किलोमिटरको दूरी पार गरिएको थियो ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय सुन्दरताले महत्वपूर्ण दोलखालाई एडभेन्चर हबको रुपमा विकास गर्न आयोजित ‘डाउन हिल’ माउण्टेन बाइक रेस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजक यति ओरिजन्सका अध्यक्ष रुपेशमान श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button