तपाईँ सुन्दै हुनुहुन्छः

स्वरोजगार बन्न चाहने खेलाडीहरूलाई सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ । सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री डा.प्रकाश शरण महतले संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुहुँदै खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बजेटमा व्यवस्था गरिने जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका रुपमा विकास गरिने भएको छ ।

सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौँमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button