तपाईँ सुन्दै हुनुहुन्छः

प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौँ । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता  खारेज हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भत्ता कटौती गर्ने जानकारी दिनुभएको हो । 

उहाँले सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ ले दिएका सुझावबमोजिम २० वटा संस्थाहरूलाई खारेज गर्ने घोषणा पनि गर्नुभयो । साथै समान प्रकृतिका संस्था एकापसमा गाभिने र प्रदेशमा समायोजन गरिने पनि उहाँले बताउनुभयो । 

अर्थमन्त्री महतले सार्वजनिक खरिदलाई सरलीकृत गर्ने, विद्युतीय बोलपत्रलाई प्राथमिकता दिइने र एकीकृत अनुगमन प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button