तपाईँ सुन्दै हुनुहुन्छः

कंशाकारद्वारा सांसद पदको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएकी विन्दवासिनी कंशाकारले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कंशाकारले आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिनुभएको हो ।

रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंशाकारलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

रास्वपाले कंशाकारलाई हालै समानुपातिक सांसदमा सिफारिस गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button