तपाईँ सुन्दै हुनुहुन्छः

अधिकार प्राप्तीको लडाइ भइरहेको छ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार प्राप्तीको लडाइ भइरहेको बताउनुभयो ।     

लुम्बिनी प्रदेशले एक समारोहको आयोजना गरेर १६ औ गणतन्त्र दिवसमा बोल्दै प्रदेश मुख्यमन्त्री चौधरीले यस्तो बताउनुभएको हो । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको छ ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्ममा गणतन्त्र संस्थागतमा चुनौती थपिइरहेको बताउनुभयो ।

कुनै न कुनै अधिकार दिन कन्जुस्याइँ गरेको जसले गर्दा गणतन्त्र संस्थागत हुन चुनौती थपिएको  मुख्यमन्त्री चौधरीले बताउनुभयो । अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरू प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्रीले गणतन्त्र संस्थागत हुन नसक्ने, जनताको अपेक्षा पूरा गर्न नसकिने, आ–आफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएको औँल्याउनुभयो । 

साथै मुख्यमन्त्री चौधरीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने बताउनुभयो । अधिकार बाँडफाँडमा केन्द्र सरकारले हस्तक्षेप गर्न भएन । 

कार्यक्रममा  मामिला कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले गणतन्त्र चन्दा चिठ्ठा र दानमा प्राप्त नभएको भन्दै यसको महत्त्व ठूलो रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागी र विजेता टोलीलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button