तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोड्नुपर्छ’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोडिनुपर्ने बताउनुभएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहजीकरणमा पोखरामा आयोजित नेपाल सरकार, प्रदेश सरकार र विकास साझेदार बीचको अन्तरक्रियामा उहाँले जनताको आर्थिक तथा सामाजिक पक्ष कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ कार्यक्रम केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले सरोकारवाला बीचको छलफल एवं अन्तरक्रियाका आधारमा आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी अघि बढाइने बताउनुभयो ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सम्बन्धमा जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव स्किम श्रेष्ठले यो कार्यक्रम संविधान बमोजिम सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पंगेनी, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्ण देवकोटा लगायतले कार्यक्रमलाई परिणाममुखी बनाउने किसिमले अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button