डाइभर्सन बगाउँदा पुर्वपश्चिम् राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथ खोला नजिकैको डाइभर्सन बगाउदा यातायात अवरुद्ध भएको छ ।
बुटवल नारायणगढ सडक बिस्तारको क्रममा बनाइएको डाइभर्सन बर्षाले बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा पूर्व बाट पश्चिम आउने र पश्चिम बाट पूर्व जाने सयौँ सवारी साधन अलपत्र परेका छन् ।
वर्षाको कारण डाइभर्सन मर्मतमा समस्या भएको भएको छ । सोमनाथ खोलामा पानीको बहाब नघटेकाले मर्मतमा समस्या भएको र पानी को बहाब घटेपछि मात्र मर्मतको काम हुने छ । डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारी लाई भुमहीबाट भैरहवा र पश्चिम बाटा आउनेलाई सुनवल हुँदै परासी तर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्