तपाईँ सुन्दै हुनुहुन्छः

सशर्त अनुदानको रकम विषयमा मधेश प्रदेश सभाको बैठक अवरुद्ध

जनकपुरधाम । मधेश प्रदेशको प्रदेश सभा बैठकमा नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले विभिन्न पालिकाहरूमा गएको सशर्त अनुदानको रकमको विषयमा सरकारको जवाफ नआएको भन्दै बैठक आजको बैठक अवरुद्ध गर्नु भएको छ । 

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सहितका मन्त्रीहरू प्रदेश सभाको हिजोको बैठकमा ससर्त अनुदानको विषयमा प्रमुख प्रतिपक्षी दल सहित सत्ता पक्षका केही प्रदेश सभाका सदस्यहरुले सरकारको जवाफ मागेको तर सरकारले बेवास्ता गरेको भन्दै बैठक अवरुद्ध गरेका छन् । 

बैठकको विशेष समय शुरु भएको सभामुख रामचन्द्र मण्डलले उद्घोष गरेपछि नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले सरकारको जवाफ नआएसम्म बैठक नचल्ने जनाएपछि एमालेका सबै प्रदेश सभाका सदस्यहरु आ–आफ्नो स्थानमा उभिएर समर्थन जनाउनु भएको थियो ।

सभामुख रामचन्द्र मण्डलले पटक पटक आ–आफ्नो स्थानमा बस्नका लागि नेकपा एमालेका प्रदेश सभाका सदस्यहरूलाई रुलिङ गर्दा नबसेपछि १० मिनटका लागि बैठक स्थगित गर्नु भएको थियो । 

नेकपा एमालेले स्थानीय तहमा यस पटक पठाएको सशर्त अनुदानको रकम पालिका पिच्छे फरक भएको र मन्त्रीले आफू खुशी पठाएको भन्दै हिजोको बैठकमा एमाले सहित विभिन्न दलका नेताहरूले सरकारको जवाफ माग गर्नु भएको थियो । 

साथै सशर्त अनुदान रकम भेदभाव तरिकाले पठाएको भन्दै यसको छानबिनका लागि उच्च स्तरीय छानविन समिति गठनका लागि पनि हिजोको बैठकमा एमाले सहितका दलका प्रदेश सभाका सदस्यहरु माग गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button