तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र सेवा दिवसका अवसरमा पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठसहित १२ सम्मानित

काठमाडौं । नेपाल परराष्ट्र सेवा दिवसको अवसरमा पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठसहित १२ जनालाई सम्मान गरिएको छ ।
दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले बुधबार काठमाडौं गरेको कार्यक्रममा पूर्वपरराष्ट्र सचिव श्रेष्ठसहित पूर्वराजदूत सुन्दरनाथ भट्टराई, नरसिंहमान प्रधान, पुरूषोत्तमलाल श्रेष्ठ, शशीभक्त बम मल्ल, बद्रीप्रसाद खनाल, गोविन्ददेव पन्त, रामहरि खड्का, कृष्णकुमार सुवेदी र श्रीकृष्ण गोपाल सालीके लाई सम्मान गरिएको हो ।

गत वर्षबाट मनाउन थालिएको परराष्ट्र सेवा दिवसको अवसरमा यसपटक विक्रम संम्वत २०१८ साल जेठ ११ देखि २०२३ सालसम्म सेवाबाट अवकाश पाएका १० जना र गत वर्ष अवकाश पाएका दुई जनालाई सम्मान गरिएको हो ।

गत वर्ष अवकाश पाएर सम्मानित हुनेहरूमा पूर्वराजदूत प्रकाशकुमार सुवेदी र रामसिंह थापा हुनुहुन्छ ।
उहाँहरुलाई परराष्ट्र मन्त्री एनपी साउद, मुख्यसचिव शंकरदास वैरागी र परराष्ट्र सचिव भरतराज पौड्यालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button