तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा महादेवा गाउँपालिका ६ ढिकुलीका २५ वर्षीय जवाहर मण्डल रहेका छन् ।

आज बिहान आफ्नै घरको छतमा जस्तापाता राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो । सख्त घाइते जवाहरलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।

करेन्ट लागेका जवाहरलाई छुटाउन जाँदा उनका काका ५१ वर्षीय उमेश मण्डललाई समेत करेन्ट लागेको थियो । उमेशको उपचार भइरहेको तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, आज रुपनी गाउँपालिकामा करेन्ट लागेर एक युवक घाइते भएका छन् ।

बाँस काट्दा बाँस बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा रूपनी गाउँपालिका ६ विरेन्द बजारका ३२ वर्षीय कुमार थापा घाइते भएका हुन् । उनको रुपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button