अछाममा चट्याङ लागेर ४ जना घाइते

अछाम । अछामको कमलबजार नगरपालिका वडा नं १ मा गए राति हावाहुरी वर्षासँगै परेको चट्याङ लागेर ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा कमलबजार नगरपालिका वडा नं १ बस्ने १८ वर्षिया गिता कुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीय सरस्वती बजगाई, र ५० वर्षीय मोतिकला बजगाई रहेको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो । घाइतेमध्ये गीताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर अनमोल थापाले जानकारी दिनुभयो ।
अन्य तीन जना घाइते लाई थप उपचारका लागि सदरमुकाम मङ्गलसेन रिफर गरिएको डा. थापाले बताउनुभयो । चट्याङ लागेर १ भैँसी पनि मरेको र घरमा पनि क्षति भएको स्थानीय कमल विकले बताउनुभयो ।
अछाम जिल्लाको समग्र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कैलाश सिंह विष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्