तपाईँ सुन्दै हुनुहुन्छः

मुलुक अप्ठ्यारो अवस्थामा रहेकोले सबै मिलेर अगाडि बढ्नुपर्छ : मन्त्री भण्डारी

बर्दिबास । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मुलुक अप्ठ्यारो अवस्थामा रहेकोले सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । 

महोत्तरीको बर्दिबास नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । मुलुकको लागि सबैले जिम्मेवारी बोध गरि आ–आफ्नो क्षेत्रमा दत्तचित्त भएर इमान्दारीतापूर्वक काम गर्न र विकासमा लाग्न आग्रह गर्नुभयो । को कुन पार्टीको हो,कुन पार्टीबाट जितेर आएको हो, त्यस तर्फ लागेर बिरोध गर्नुभन्दा सबै मिलेर देश विकासमा लाग्न र रोजगारको अवसर सृजना गर्न सबैमा आग्रह गर्नुभयो । 

मधेस प्रदेशमा युवा स्वरोजगार कार्यक्रम नमूना कार्यक्रमको रुपमा अगाडी बढाउन मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो । स्थानीय तहको सहयोग र सहकार्यमा स्थानीय युवाहरूमा सिपको विकास गराइ रोजगार सृजना गर्ने काम गर्न सबैमा आग्रह गर्नुभयो । ७५३ स्थानमा स्थापित रोजगार केन्द्र स्थापन भएको छ, त्यसलाई नमुनाको रुपमा अगाडि बढाउने र व्यावसायिक सीप अगाडि बढाउने उहाँले बताउनुभयो । 

रोजगार बढाउन सम्भावना बोकेको क्षेत्र र सङ्घसंस्था सँग समन्वय गरेर सिपलाई रोजगार सँग जोड्नुपर्ने कार्यक्रममा बताउनुभयो । महोत्तरीको  बर्दिबास रोजगार र पर्यटनको सम्भावना रहेको क्षेत्र रहेको हुँदा त्यहीँ अनुरुप विकास गर्न बर्दिबास नगरपालिकालाई आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले बर्दिबास नगरपालिकाले युवा रोजगारको क्षेत्रमा कार्य गर्न नगरपालिका लागि रहेको कार्यक्रममा बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button