तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धु गोल्डकप जेठ २८ बाट, ८ टिम सहभागी हुने

सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धु कप फुटबल प्रतियोगिता जेठ २८ गतेबाट सुरु हुने भएको छ ।

शुक्रबार आयोजक युथ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

प्रतियोगिता सिन्धुपाल्चोकस्थित लामोसाँघुको वसन्तपुर खेल मैदानमा हुने छ । जसमा विभागीय २ टिमसहित आठ टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा ए डिभिजनका त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसहित प्लानिङ ब्वाइज युनाईटेड, झम्सिखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, आयोजक युथ स्पोर्ट्स क्लब, काभ्रे जिल्ला फुटबल एसोसिएसन र दोलखा जिल्ला फुटबल एसोसिएसनको सहभागिता रहेको छ ।

सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले २ लाख नगद पाउने छन् । उपविजेताले १ लाख नगद प्राप्त गर्ने छन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार पाउने छन् ।

नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक खेलको म्यान अफ दि म्याचले २ हजार पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button