तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेबाट मात्र बन्द हुने

सिन्धुपाल्चोक  । मेलम्ची खानेपानी वितरण जेठ ५ गते बाट मात्र बन्द हुने भएको छ । 

मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकोमा सरोकारवालाहरूको सुझाव अनुसार ५ दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ  ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । 

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button