तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा नौ महिनामा १२ हजार १७७ नयाँ नागरिकता जारी

सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार १७७ थान नयाँ नागरिकता जारी भएको छ ।

कार्यालयले चालु आर्थिक वर्षको श्रावण महिनादेखि चैत मसान्त सम्ममा जम्मा १२ हजार १७७ थान नयाँ नागरिकता जारी गरेको हो ।

त्यस्तै कार्यालयले सोही अवधिमा ११ हजार ३३९ थान नागरिकताका प्रतिलिपि वितरण गरेको छ । चालु आ.व.को पहिलो ९ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरि मात्र कुल २३ हजार ५१६ थान नागरिकता वितरण भएको तथ्याङ्कले देखाएको छ । यो अवधिमा ३८५ वटा मुद्दा दर्ता भएका छन् भने सोही अवधिमा २४४ वटा मुद्दा फर्छ्यौट भएको छ ।

प्रशासनले जारी गरेको प्रगति विवरण अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत पछिल्लो ९ महिनाको अवधिमा ११ हजार ३०९ वटा राहदानी वितरण गरेको छ । यहाँ राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् भने ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ । 

त्यस्तै ९ महिनाको अवधिमा प्रशासन मार्फत जम्मा २० लाख १३ हजार ७५० रुपियाँ बराबरको राहात वितरण गरेको छ भने असहाय एवं विपन्नलाई कम्बल वितरण ५३५ रहेको छ ।

यो अवधिमा बजार अनुगमन कार्य २४ वटा, सार्वजनिक निकाय १३ वटा, सुरक्षा निकाय ३९ वटा र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको पाइएको छ । 

यता विकास आयोजनाको तर्फको अनुगमन भने शुन्य रहेको छ भने सुरक्षा निकायको ३९ पटक अनुगमन गरिएको छ । यही अवधिमा जिल्लामा जम्मा ११२ वटा नयाँ संस्था दर्ता भएका छन् भने ४ सय २६ वटा संस्था नवीकरण भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button