तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम नवलपरासीमा २१० जना मिटरब्याजी पीडितले उजुरी दिए

नवलपरासी। सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी दिने व्यवस्था मिलाएपछि पश्चिम नवलपरासीमा मङ्गलबार सम्म २ सय १० जना मिटरब्याज तथा अनुचित लेनदेन सम्बन्धी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले अनुचित लेनदेन मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरेर धमाधम उजुरी लिइरहेको छ ।

वैशाख मसान्तसम्ममा उजुरी दिन सक्ने र अनलाइनमार्फत सोझै केन्द्रमा तथ्याङ्क अभिलेखीकरण हुने हुँदा थप सहज भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । उजुरी दिनका लागि गाउँ–गाउँबाट पीडितहरू जिल्ला प्रशासनमा आएका छन् । सहायता कक्ष नै स्थापना गरेर उजुरी लिने काम भएकाले पीडितलाई उजुरीका लागि सहज भएको मिटरब्याजपीडित जितेन्द्र मुसहरले बताउनुभयो ।

यसअघि पनि जिल्लामा प्रशासनले उजुरी लिएर दुवै पक्षलाई छलफल गराएको भए पनि आवश्यक कानुनको अभावमा समस्या समाधान गर्न कठिनाइ परेको थियो । सङ्कलन भएका उजुरी र निवेदन अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी जाँचबुझ आयोगमा अनलाइनमार्फत दर्ता गरिएको छ । उजुरी दिने अन्तिम दिन नजिकिँदै जाँदा पीडितहरू धमाधम प्रशासन आएर उजुरी दिएका छन् ।

पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुरमा मिटर ब्याजी पीडितहरूको सङ्ख्या बढी रहेको छ।बैङ्क तथा वित्तीय सस्थाहरुमा सो क्षेत्रका नागरिकको पहुँच नपुग्नु र बैङ्कहरूले धितो मूल्याङ्कन गर्न नमान्दा मिटरब्याजी पीडितहरू घरबार विहीन बन्नु पर्ने अवस्था समेत देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button