तपाईँ सुन्दै हुनुहुन्छः

ड्युटीमा रहेका सशस्त्र प्रहरी बलका सई माथि खुकुरी प्रहार

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा ड्युटीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सई माथि खुकुरी प्रहार भएको छ । गए राति दोधाराचाँदनी नगरपालिका वडा नम्बर ७ कन्चनभोजमा ड्युटीमा रहेका कञ्चनभोज बिओपीका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र चैसिरमाथि अराजक गिरोहले खुकुरी प्रहार गरेको हो ।

राति करिब १० बजेपछिको समयमा झोलुङ्गे पुलमा बसिरहेका किशोरावस्था र युवावस्थाका दस पन्ध्र जनाको एक गिरोहलाई राति राति यसरी घुमफिर नगर्न र आआफ्नो घर जान भनेको सशस्त्र प्रहरीको गस्ती टोली केही पर पुगी फर्किँदा सोही गिरोहका एक जना रोहन बयकले खुकुरी प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका सई नरेन्द्र चैसिरको हातमा चोट लागेको छ भने आक्रमणकारी गिरोह फरार रहेको बताइएको छ । नेपाल प्रहरी समेतको सहयोगमा आक्रमणकारीको खोजी गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा लागू औषध ओसारपसार र चोरी तस्करी समेत मौलाउँदै गएको र त्यसको नियन्त्रणका लागि खटिएको सुरक्षा निकायमाथि बेलाबेलामा प्रहार हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button