तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने ४८ वर्षीय दान बहादुर चुनाराको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका चुनाराको उपचारका क्रममा कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button