तपाईँ सुन्दै हुनुहुन्छः

खप्तड गोल्डकप फुटबलको उपाधि थ्री स्टारलाई

धनगढी । छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब काठमाडौँले जितेको छ ।

शनिवार धनगढी रङ्गशालामा भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारको जितमा अनिल महर्जन र बिक्रम लामाले एक/एक गोल गरे । उपाधि हात पारेको थ्री स्टारले ट्रफी र २१ लाख हात पार्यो ।

उपविजेता मनाङ मर्स्याङ्दीले १० लाखमा चित्त बुझायो ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा आयोजक सुदूरपश्चिम-११ स्पोर्ट क्लबसहित १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button