तपाईँ सुन्दै हुनुहुन्छः

‘पाँच महिनाभित्र परिणाम दिने गरी सरकार अघि बढ्नुपर्छ’

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच महिनाभित्र परिणाम दिने गरी सरकार अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई आज नेपालगञ्जमा सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले मुलुकको अवस्था जर्जर रहेकाले अबको पाँच महिनाभित्र परिणाम दिने गरी सरकार अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई छुटको सुविधा नभएको भन्दै परिणाम नदिने मन्त्रीहरूलाई फिर्ता बोलाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button