तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनका लागि रास्वपाद्वारा उम्मेदवार चयन

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवार घोषणा गर्न आज आयोजित पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी सबैभन्दा ठूलो र लोकतान्त्रिक बन्ने दाबी गर्नुभयो ।

सभापति लामिछानेले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित हुनेमा कुनै शङ्का नरहेको बताउनुभयो ।

उहाँले सरकारमा सहभागिताका बारेमा उपनिर्वाचनपछि मात्र निर्णय गर्ने समेत बताउनुभयो ।

पत्रकार सम्मेलनमा रास्वपाका उम्मेदवार खरेलले देशमा सुशासन र कानुनी राज्य स्थापनाका लागि सिन्डिकेट तोड्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको समृद्धिका लागि नयाँ कोर्स सुरु गर्ने बताउनुभयो । त्यस्तै रास्वपाका अर्का उम्मेदवार वाग्लेले देशलाई कुशासन र आर्थिक मन्दीबाट जोगाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button