तपाईँ सुन्दै हुनुहुन्छः

एक महिने नेपाली साङ्केतिक भाषा तालिम सम्पन्न

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाको आयोजनामा एक महिने नेपाली साङ्केतिक भाषा तालिम शनिबार सम्पन्न भएको छ ।

इनरुवा नगरपालिकाको सहयोग र बहिरा हित तथा संरक्षण समाज इनरुवाको आयोजनामा एक महिने नेपाली साङ्केतिक भाषा तालिम सम्पन्न भएको हो ।

नगरका बहिरा अपाङ्गता भएका व्यक्तिहरूको लागि नेपाली साङ्केतिक भाषा तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत दशरथ राइले जानकारी दिनुभयो ।

इनरुवा नगरपालिकाका उपप्रमुख विनिता मेहताको प्रमुख आतिथ्यता र अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूको उपस्थितिमा तालिमको समापन गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष अरसद मियाँले बहिराहरूको विकासको लागी साङ्केतिक भाषा पहिलो सर्त भएको र भाषा जानेपछि मात्र अरू कार्यहरू गर्न सहज हुने भएकाले पहिले भाषाको ज्ञान भएपछि बिस्तारै अन्य सीपमूलक तालिम लिन सहज हुने भएकोले तालिम निकै महत्त्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बहिरा हित तथा संरक्षण समाजका उपाध्यक्ष मन्दिरा दाहालले साङ्केतिक भाषा तालिमको आवश्यकता र तालिमको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।

बहिराहरूको विकासको लागि साङ्केतिक भाषा पहिलो सर्त हुने र भाषाको ज्ञान भएपछि बिस्तारै अन्य सीपमूलक तालिम लिन सहज हुने भएकोले तालिम सफल बनाउन आफूले सक्दो प्रयास गरेको प्रशिक्षक नितेश मेहताले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button