तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनुपर्छ : महामन्त्री थापा

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनुपर्ने बताउनुभएको छ । 

बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनः स्थापना केन्द्रको आज उद्घाटन गर्नुहुँदै महामन्त्री थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्दै त्यसलाई गुणस्तरीय र सर्वसुलभ पनि बनाइनुपर्ने बताउनुभयो । 

उहाँले कोहलपुर नगरपालिकाले सुरु गरेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको सेवालाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।“‘म स्वास्थ्य मन्त्री हुँदा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा अघि सारेको हुँ”,  उहाँले भन्नुभयो, “यसका तीन वटा लक्ष्य छन् । पहिलो रोगको पहिचान गर्ने, दोस्रो जनतासँग मिलेर रोग रोकथामको काम गर्ने र तेस्रो उपचार ।”

नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा भनेकै केन्द्र घरघरमा पुगेर जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, रोग लाग्नुभन्दा पहिल्यै अपनाउन सकिने सजगताबारे जानकारी प्रवाह गर्ने र उपचारको पहुँच नभएकालाई पहुँचमा ल्याउने रहेको उहाँको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button