तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटना परी एक जनाको मृत्यु पाँच घाइते

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजको बिचमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्व पश्चिममा राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च५५७६ नम्बरको कारको अगाडि भागको टायर पन्चर भएर अनियन्त्रित भई पल्टिँदा कारमा सवार सुनसरी इनरुवा न.पा ५ का ६५ वर्षीय लिला बहादुर कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उदयपुर त्रियुगा न पा १० गाईघाट का ८३ वर्षीय योग्य बहादुर कार्की, कार चालक खोटाङ मार्फा २ का ५९ वर्षीय राजकुमार नेपाल लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो।

कार इ.प्र.का.भारदहको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button