तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको कोल्टीमा जीप दुर्घटना हुँदा सात जना घाइते 

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकास्थित कोल्टीबाट हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जाँदै गरेको यात्रुवाहक जीप दुर्घटना भएको छ।

कोल्टिबाट धुलाचौरका लागि नौ जना यात्रु  लिएर छुटेको ग१ज ७५६९ नम्बरको जीप बुढिनन्दा नगरपालिका वडा नम्बर १ कोल्टीको तल्लो बजारमा दुर्घटना हुँदा सात जना घाइते भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

दुर्घटनामा परी हिमाली गाउँपालिका– ३ का वर्ष १६ कार्चेन गुरुङ, वर्ष ११ का पासाङ गुरुङ, वर्ष ६७ का दावा सान्पाङ्ग, हिमाली गाउँपालिका–७ का २२ वर्षका योग्यराज उपाध्याय, मुगु जिल्ला खत्याड गाउँपालिका–११ का ७० वर्षीया रामदेवी शाही ,वर्ष २६ का परु शाही  र गाडी चालक हेमराज तिमिल्सिना घाइते भएका छन्  । 

घाइतेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा.रञ्जित श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button