तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको छ । 

माघ ६ गते पहिलो पटक विश्वासको मत लिँदा ४० मध्ये २५ सांसदको मत लिन सफल हुनुभएका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदा प्रदेशसभाको ९५ प्रतिशत मत अर्थात् ३८ मत प्राप्त गर्न सफल भएको हो । 

उहाँलाई सदनमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, र स्वतन्त्र सांसदले विश्वासको मत दिनुभएको छ भने उहाँको विपक्षमा राप्रपाका सांसद सन्तोषी शाहीले मात्रै मत दिनु भएन । 

४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज कुल ३९ जनाको सहभागिता रहेको थियो । 

मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्र परेको सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो । 

अब प्रदेशसभाको अर्को बैठक चैत १९ गते बस्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button