तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवको अवसरमा आधुनिक गीत प्रतियोगिताको आयोजना

काठमाडौँ । रेडियो नेपालले आफ्नो ७३ औँ वार्षिकोत्सवका अवसरमा आधुनिक गीत प्रतियोगिताको आयोजना गरेको छ ।

रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आज आयोजित प्रतियोगितामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले गीत सङ्गीतले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई सही मार्गमा डोर्‍याउनुका साथै चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सहसचिव सुवेदीले प्रतियोगितालाई निष्पक्ष र बस्तुनिष्ठ तुल्याउँदै सबैको सार्थक सहभागिता र अपनत्व हुने गरि काम  गर्नु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल नेपाली गीत सङ्गीतको जननी भएको भन्नुहुँदै गीत सङ्गीतको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा रेडियो नेपालको योगदान उल्लेख्य रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालले बहुलताको सम्बोधन गर्दै सबै भाषा, संस्कृति, धर्म, जात, पेशा, लिङ्ग, क्षेत्र र सम्प्रदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

वि सं २०२२ साल देखी सुरु गरिएको आधुनिक गीत प्रतियोगितामा यो पटक मुलुकभरबाट ३० जनाको सहभागिता रहेको छ ।

भिडियो :

फोटो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button