तपाईँ सुन्दै हुनुहुन्छः

१ रुपैयाँमा शुद्ध शाकाहारी खाना 

भैरहवा । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा लिगेसीले १ रुपैयाँमा शुद्ध शाकाहारी भोजन (खाना) खुवाएको छ । 

रामनवमीको अवसरमा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री रण अम्बिका शाह आँखा अस्पताल अगाडी भोजन गराइएको क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताउनुभयो । 

त्यस्तै सोही कार्यक्रममा लुम्बिनी डाइग्नोष्टिक एण्ड प्याथ सिद्धार्थनगर–८ लुम्बिनी रोडको सहयोगमा निःशुल्क मधुमेह (सुगर) परीक्षण शिविर समेत गरिएको क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताउनुभयो ।  

कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर नवराज न्यौपानेले स्थापनाकालदेखि नै लायन्स क्लब अफ भैरहवा लिगेसीले रचनात्मक कार्य गर्दै आएको बताउनुभयो । उहाँले १ रुपैयाँमै खाना खुवाउने कार्यक्रम महत्वपूर्ण कार्यक्रम भएको भन्दै क्लबको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा ३५० जनाले भोजन ग्रहण गर्नुभएको र ३ सय जनाको मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक सुशील सिंघलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button