तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारको भूमिका सदैव महत्त्वपूर्ण हुने : मन्त्री शर्मा 

भैरहवा  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारको भूमिका सदैव महत्त्वपूर्ण हुने बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घको आयोजनामा लुम्बिनीमा सुरु भएको राष्ट्रिय मिडिया सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले पटक पटक बदलिएको राजनीति २००७ सालदेखि २०६२/०६३ सालको आन्दोलनसम्म पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसमा ‘मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार : श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा मन्त्री शर्माले राजनीतिक पार्टीको अवस्था परिवर्तन गर्ने, मौलिक हकका कुरा कार्यान्वयन गर्ने चरणमा रहेको बताउनुभयो ।

“मिडियाले सदैव खबरदारी गराउनुपर्छ, सँगसँगै राजनीतिक दलले उपलब्धिलाई संस्थागत गर्नुपर्छ । परिवर्तन गर्न पत्रकारकाे ठूलाे भूमिका छ र अझै पनि चनाखो हुनुपर्छ । कानुन बन्न बाँकी छ, बन्यो भने घेराबन्दी हुने अवस्था छ ।”, मन्त्री शर्माले भन्नुभयो, “सबैको भूमिका बदलिएकाले खबरदारी आवश्यक छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरू डा.महेन्द्र बिष्ट, गोविन्द आचार्य लगायतले मिडियाको विश्वसनीयता जोगाउने काम गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button