तपाईँ सुन्दै हुनुहुन्छः

जितपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा फाइनलमा

बारा । मकवानपुर ११ हेटौँडालाई हराउँदै हिमालयन शेर्पा जितपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हिमालयन शेर्पाले मकवानपुरलाई ३–० ले पराजित गरेको हो ।

सिमरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुरविरुद्ध आक्रामक खेल खेल खेल्दै एक दशकपछि हिमालयन शेर्पा फाइनल प्रवेश गर्‍यो । २०६७ सालमा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जितेको शेर्पा २०६९ को चौथो सिमरा गोल्डकपमा उप–विजेता बनेको थियो । सिमरा रङ्गशालामा निरन्तर सहभागिता जनाउँदै आएको शेर्पाले दशकपछि तेस्रो पटक फाइनल यात्रा तय गरेको हो । हिमालयन शेर्पाको तर्फबाट सुशीलले १ र निशान लिम्बुले २ गोल गर्नुभएको थियो ।

प्रतियोगिता अन्तर्गत बिहीबार साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाइज यूनाइटेडबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

शनिबार हुने फाइनल खेलको प्रमुख अतिथि उप–राष्ट्रपति रामसहाय प्रसाद यादव रहनुहुने आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button