तपाईँ सुन्दै हुनुहुन्छः

गीतकार अधिकारीको ‘तिम्रो संसार बेग्लै भयो’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । चर्चित गीतकार लोकराज अधिकारीको ‘तिम्रो संसार बेग्लै भयो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार अधिकारीले सार्वजनिक गरेको ‘तिम्रो संसार बेग्लै भयो ’ बोलको गीतमा प्रवीण बेडवालको स्वर रहेको छ भने ज्योति प्रकाशको सङ्गीत रहेको छ । 

नेपाली सुगम सङ्गीत र चलचित्रमा गीत लेखेर नाम कमाउनुभएका गीतकार अधिकारीले यो गीतले पनि सुगम सङ्गीत मन पराउने दर्शक श्रोताबाट मायाँ पाउने विश्वास व्यक्त गर्नुभयो ।

गीतको भिडियोमा अमेरिका बस्दै आउनुभएका मोडल विकास चौहान र अभिनेत्री रुषा न्यौपानेको मुख्य भूमिका छ ।

अन्तरजातीय प्रेम र वियोगको कथा रहेको म्युजिक भिडियोमा रमेश खडका सूर्य ओली लगायतको पनि अभिनय रहेको छ । 

तिला खड्काको प्रस्तुतिमा प्रकाश धितालले निर्देशन गरेको म्युजिक भिडियोलाई द बेभ डिजिटल युट्युबबाट सार्वजनिक गरिएको हो ।

‘तिम्रो संसार बेग्लै भयो’ गीतको म्युजिक भिडियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button