तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

काठमाडौँ । ललितपुर मेयर्स कप महिला २०–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको  छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो ।

एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो । 

आजको खेलमा एपिएफले जितका लागि दिएको एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कोसीले २० ओभर ६ विकेट क्षतिमा एक सय रन मात्रै बनाउन सक्यो । 

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन भने लकिता राजजंशीले अविजित २१  रन बनाइन् । त्यस्तै अप्सरी बेगमले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

एपिएफका लागि विनु बुढा मगरले दुई विकेट लिइन भने  सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक एक विकेट लिए । 

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । एपिएफका लागि कप्तान सीता राना मगरले अविजित ७९ रन बनाइन भने इन्दु बर्मा ५१ रनमा अविजित रहिन् । 

कोशीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन् । प्रतियोगिता यही चैत ९ गतेबाट सुरु भएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button