तपाईँ सुन्दै हुनुहुन्छः

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी मन्त्री बन्नु हुनेभएको छ ।

लोसपाको तर्फबाट भण्डारी मन्त्री बन्ने निश्चित भएको सो पार्टीका एक नेताले जानकारी दिनुभयो । “नेता भण्डारी पार्टीको तर्फबाट मन्त्री बन्ने निश्चित भएको छ, यो सर्वसम्मत निर्णय हो”, उहाँले भन्नुभयो ।

सत्ता साझेदार दलको भागबन्डामा लोसपालाई एक मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button