तपाईँ सुन्दै हुनुहुन्छः

दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन जनकपुर सम्पर्क कार्यालयमा कार्यरत कर्मचारी दयाराम परियारको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको १७ औँ स्मृतिमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

परियारको जनआन्दोलन २०६२र६३ को क्रममा जनकपुरको जनकचोकमा २०६२ चैत १२ गते सुरक्षाकर्मीको गोली लागी उपचारको क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चैत १५ गते निधन भएको थियो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले हरसम्भव प्रयास गर्ने बताउनुभयो ।

स्व परियारका दाजु प्रकाशचन्द्र परियारले भाइको निधनले मानवअधिकारको क्षेत्रमा क्रियाशील सिङ्गो समुदाय नै जोखिममा रहेको प्रतिविम्बित गरेको र १७ वर्ष पुगिसक्दासमेत न्याय प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

उहाँले उक्त घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगको ध्यानाकर्षणसमेत गराउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button