तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्नेसमेत बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज बुटवलमा आयोजना गरिएकाे विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताउनुभयो ।

उहाँले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताउनुभयो । उहाँले जनतालाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्ने पनि बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button