तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन दलको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे सैद्धान्तिक सहमति

काठमाडौं । सत्ता गठबन्धन दलको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारको सन्दर्भमा सैद्धान्तिक सहमति गरेको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेसलाई आठ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एस)लाई दुई–दुई र अन्य दललाई एक–एक मन्त्रालय दिने सहमति भएको र यो विषयमा ठोस निर्णय शीर्ष नेताले गर्ने नेता श्रेष्ठले बताउनुभयो ।

नेता श्रेष्ठले यसअघिको पाँचदलीय गठबन्धनको सहमतिको आधारमा १० दलको गठबन्धनलाई अगाडि बढाउने विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय जनमोर्चाबाहेक नौ दल अबको सरकारमा सहभागी हुने जानकारी दिनुभयो । यस्तै बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button