तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार पुनः विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिनुहुने भएको छ ।

बुधबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

गत फागुन १८ गते सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि शर्माले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

‘संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ’, मुख्यमन्त्री शर्माले प्रदेशसभामा पठाएको पत्रमा उल्लेख छ ।

कर्णालीमा नेकपा एमाले, नेकपा माओवादी, एकीकृत समाजवादी र राप्रपा सम्मिलित सरकार बनेको थियो ।
तर, केन्द्रमा बदलिएको राजनीतिक समीकरणले राप्रपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

कुनै पनि सत्ता साझेदार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा समर्थन फिर्ता भएको मितिले ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button