तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक क्षेत्र र खोलामा फोहरमैला फाले बुटवल उपमहानगरपालिकाले कारबाही गर्ने

रुपन्देही । बुटवल उपमहानगरपालिकाले खोला र सार्वजनिक क्षेत्रमा फोहोरमैला नफाल्न आग्रह गर्दै यसो गरेमा कारबाही गर्ने जनाएको छ ।

बुटवलको वडा नं ४ आदर्श नगरदेखि वडा नं १० बेसक्याम्प चोकसम्मको सुखौरा खोलाको क्षेत्रका स्थानीयसँगको छलफलका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले नगरलाई सफा राख्ने दायित्व स्थानीयको समेत रहेकोले नगर सफा राख्नका लागि आह्वान गर्नुभयो । 

उहाँले दैनिक फोहोर सङ्कलनका लागि नगरबाट गाडी र सरसफाइकर्मीको व्यवस्था भएको र सोहीअनुसारले व्यवस्थापन गर्दै आएकोमा खोलामा फोहोर फालेर दुर्गन्ध फैलाउने र रोग फैलाउने काम नगर्न सुझाव दिनुभयो ।

उहाँले फोहोरमैला फाल्ने, पशुपक्षीको बध गरेपछि निस्केको फोहोर, बुङ्गुर सुँगुरको खोरको फोहोर र अन्य फोहोर खोलामा सिधै फाल्ने गरेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रण गर्न थालेको बताउनुभयो।

उहाँले छिटै नै खोलाहरूमा फोहोर र अन्य सामग्री फाल्नेहरूलाई नियमन गर्दै फोहोर व्यवस्थापनको कामलाई व्यवस्थित गर्न जथाभाबी फोहोर फाल्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभयो ।

स्थानीयले खोलामा बङ्गुर सुँगुर, कुखुरा, हाँसजस्ता पशुपक्षीको दिसा पिसाब र फोहोर सिधै खोलामा फाल्ने गरेको र जसले दुर्गन्ध फैलाएको पाइएको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरसफाइ शाखालाई निर्देशन दिएकाले अब थप कडाइ हुने उहाँले बताउनुभयो ।

९९९९९९९९९९९

प्रतिक्रिया राख्नुहोस्

Back to top button