तपाईँ सुन्दै हुनुहुन्छः

हजारीमल धर्मशालाको खाली जग्गामा वृक्षारोपण

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्श नगरको हजारीमल धर्मशालाको खाली जग्गामा आज एक कार्यक्रमका बीच वृक्षारोपण गरिएको छ । 

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगन्ज महानगरपालिका र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति चितवनको संयुक्त आयोजना वृक्षारोपण गरिएको हो । 

वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको विशेष उपस्थितिमा सम्पन्न वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका १ सय ५० वटा बिरुवा रोपिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख आलमले वातावरण स्वच्छ राख्न र मानव स्वास्थ्य दुवैका लागि बोटबिरुवाको भूमिका रहेका कारण आ–आफ्नो टोलमा सबैले वृक्षारोपण गर्नुपर्ने बताउनुभयो । 

ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, पर्साका प्रहरी उपरिक्षक कोमल शाह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button