तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको वार्षिकोत्सवका अवसरमा आन्तरिक कविता प्रतियोगिता (फोटो/भिडियो)

ताराप्रसाद वस्तीको दुई किनारा शीर्षकको कविता पहिलो

काठमाडौँ । रेडियो नेपालको ७३औँ वार्षिकोत्सवको अवसरमा आन्तरिक कविता प्रतियोगिता सम्पन्न भएको छ ।

रेडियो नेपाल केन्द्रिय कार्यालय सिंहदरबारमा आज आयोजना गरिएको प्रतियोगितामा रेडियो नेपालका केन्द्रिय र प्रादेशिक प्रसारण केन्द्रका गरी १६ जना कविको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ताराप्रसाद वस्तीको दुई किनारा शीर्षकको कविताले पहिलो, सन्तोष पौडेलको जिन्दगी दुई थोपा पानी दोस्रो र निर्मला कुँवरको पारपाचुके शीर्षकको कविताले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले मानिसमा लुकेर रहेका प्रतिभाहरू यस्ता प्रतियोगिताहरू मार्फत् प्रस्फुटन हुन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले, मानिसको शारीरिक, मानसिक तथा सामाजिक जीवनको विकासमा अतिरिक्त क्रियाकलापहरू आवश्यक हुने पनि बताउनुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको वार्षिकोत्सवलाई भव्यरुपमा सफल बनाउन र आम कर्मचारीहरुबीचको भावनात्मक एकता बढाउन अतिरिक्त क्रियाकलापहरूको आयोजना गरिएको बताउनुभयो ।

कविता प्रतियोगिताको निर्णायकहरूमा वरिष्ठ कविहरू ललिजन रावल र रवि प्राञ्जल रहनुभएको थियो ।

रेडियो नेपालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर यसअघि स्वास्थ्य शिविर, योग शिविर र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

पुरा भिडियो हेर्न तल को लिङ्क थिच्नुहोस् :

प्रतिक्रिया राख्नुहोस्

Back to top button