जीतपुरसिमरा गोल्डकपः एपीएफलाई हराउँदै चर्च ब्वाईज सेमिफाइनलमा

बारा । सशस्त्र प्रहरीको विभागीय टीम नेपाल एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रङ्गशालामा एपीएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गर्यो । रोमाञ्चक जितसँगै चर्च ब्वाईजले न्युरोड टिम एनआरटीसँगको सेमिफाइनल भेट पक्का गर्यो ।
फाइनल प्रवेशका लागि चर्च ब्वाईजले बिहीबार एनआरटीको सामना गर्नेछ । चर्च ब्वाईजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गरे । एपीएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औँ मिनटमा एक गोल गरेका थिए ।
खेलको एभरेष्ट बैङ्क म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए । उनले म्यान अफ दिम्याचको ट्रफि र १० हजार नगद प्राप्त गरे ।
प्रतिक्रिया राख्नुहोस्