तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपाल र भुटानको बाराबरी

काठमाडौँ। प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटानले बराबरी खेलेका छन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल र भुटानले १–१ को बराबरी खेलेका हुन् ।

भुटानका लागि खेलको १९ औँ मिनेटमा तेन्जिङ नोर्बुले गोल गरे । नेपालका लागि खेल सकिन केही सेकेन्ड अगाडि दिपकराज सिंह ठकुरीले गोल गरे ।

यससँगै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार हुने फाइनल खेलमा नेपालले लाओससँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button